काठमाडौं । सानोठिमीको आदर्श मा.वि.बाट गत वर्षको प्रवेशिका परिक्षामा उत्कृष्ट हुने चार जना विद्यार्थीहरुलाई ज्ञान उदय छात्रवृत्ती प्रदान गरिएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक समारोहमा चौधरी ग्रूपका अध्यक्ष बिनोदकुमार चौधरीले सन्तोष खड्का, विकास श्रेष्ठ, सुष्मिता श्रेष्ठ र श्रृणुकुमारी झालाई पाँच हजार नगद र प्रमाणपत्र सहितको सम्मान प्रदान गरेका हुन् । चौधरी ग्रुपले यस वर्षबाट उक्त विद्यालयलाई छात्रवृत्ति प्रदान गर्न शुरु गरेको हो । चौधरीले यही विद्यालयबाट शिक्षा लिएका हुन् । कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक हरिगोविन्द श्रेष्ठ, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष सुबासचन्द्र ढुंगेल लगायतले सम्बोधन गरेका थिए ।