BIZMANDU
www.bizmandu.com

आफैले पढेको स्कुलका चार जनालाई विनोद चौधरीले दिए छात्रावृत्ती

२०६९ साउन २६

आफैले पढेको स्कुलका चार जनालाई विनोद चौधरीले दिए छात्रावृत्ती
आफैले पढेको स्कुलका चार जनालाई विनोद चौधरीले दिए छात्रावृत्ती


काठमाडौं । सानोठिमीको आदर्श मा.वि.बाट गत वर्षको प्रवेशिका परिक्षामा उत्कृष्ट हुने चार जना विद्यार्थीहरुलाई ज्ञान उदय छात्रवृत्ती प्रदान गरिएको छ । शुक्रबार विद्यालय परिसरमा आयोजित एक समारोहमा चौधरी ग्रूपका अध्यक्ष बिनोदकुमार चौधरीले सन्तोष खड्का, विकास श्रेष्ठ, सुष्मिता श्रेष्ठ र  श्रृणुकुमारी झालाई पाँच हजार नगद र प्रमाणपत्र सहितको सम्मान प्रदान गरेका हुन् । चौधरी ग्रुपले यस वर्षबाट उक्त विद्यालयलाई छात्रवृत्ति प्रदान गर्न शुरु गरेको हो । चौधरीले यही विद्यालयबाट शिक्षा लिएका हुन् ।  कार्यक्रमलाई विद्यालयका प्रधानाध्यापक हरिगोविन्द श्रेष्ठ, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष सुबासचन्द्र ढुंगेल लगायतले सम्बोधन गरेका थिए ।

Tata
GBIME
Nepal Life