तारा एअरको काठमाडौँ भोजपुर उडान सुरू, पाँच हजार रूपैयाँ भाडा

बिजमाण्डू
२०६९ साउन १५ गते ००:०० | Jul 30, 2012
तारा एअरको काठमाडौँ भोजपुर उडान सुरू, पाँच हजार रूपैयाँ भाडा

काठमाडैं । दुर्गम क्षेत्रमा थप सेवा पुर्याउन तारा एअरले सोमवारदेखि काठमाडौँ भोजपुर उडान सुरू गरेको छ । पहिलो उडानमा काठमाण्डौबाट भोजपुर १५ जना र भोजपुरबाट काठमाडौँबाट १२ जनाले यात्रा गरेको कम्पनीले जानकारी दिएको छ | अबदेखि तारा एअरले हरेक सोमबार, हप्तामा एक पटक नियमित उडान गर्ने कार्यक्रम राखेको छ |

१६५० मी. लामो धावन मार्ग रहेको भोजपुर बिमानस्थल ३९६२ फिट उचाइमा अवस्थित छ | भोजपुरसम्म पुग्न काठमाडौँबाट ट्वीनअटर बिमानमा ४५ मिनेटको हवाई यात्रा गर्नु पर्छ | काठमाडौँबाट बिहान ९.२० बजे र भोजपुरबाट बिहान १०.२५ बजे हुने यो उडानको लागि नेपाली यात्रुले प्रति चार हजार नौसय पन्चानब्बे इन्धन शुल्क सहित र बिदेशी यात्रुले १३२ अमेरिकी डलर भाडा तिर्नु पर्नेछ |
भोजपुरमा हवाई यात्राको टिकटको लागि सम्पर्क गर्नको निमित्त लालुपाते ट्राभल नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ | हवाई सेवाले भोजपुरबासी संगै पुर्बी भेगका यात्रु निर्माण सामग्री, खाद्यान्न ढुवानी लगायत आवत जावतमा सहज हुने कम्पनीले विश्वास लिएका छ | तारा एअरले काठमांडौबाट लुक्ला, फाप्लु, लामीडाँडा, तुम्लिङटार, रामेछाप,पोखराबाट जोमसोम,मनाङ्ग नेपालगन्ज तथा सुर्खेतबाट डोल्पा, जुम्ला, बाजुरा, सिमिकोट, रारामा नियमित हवाई सेवा पुर्र्याउदै आएको छ |
यती एअरलाइन्स र तारा एअरले बिगत १४ बर्षदेखि नेपालको आन्तरिक हवाई उड्डयनमा नीजी क्षेत्र बाट अग्रणी भुमिका खेल्दै आएको तारा एअरका उप निर्देशक सरल शमशेर ज.ब.रा.ले जानकारी दिए ।

Tata
GBIME
Nepal Life