काठमाडौं । डिपार्टमेन्टल स्टोर र मार्टमा सामान किन्ने प्रचालन बढ्दै गएपछि एएनएस कम्पनीले उपत्यका तीन स्थानमा मार्ट सञ्चालनमा ल्याएको छ । एडभरटाइजिङ एजेन्सी चलाइरहेको समूहले स्तुती मेरो मार्ट सञ्चालनमा ल्याएको हो । कम्पनीले राजधानीको कत्यायनी चोक, घट्टेकुलो र सिनामंगलमा मार्ट सञ्चालनमा ल्याएको हो । यी तीनवटै मार्टमध्ये घट्टेकुलोको मार्टको शनिबार उद्घाटन भएको छ । मार्टको औपचारिक उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपात्यक्ष भास्करराज राजकर्णिकारले गरेका हुन् । कत्यायनी चोक र सिनामंगलको मार्ट भने अर्को साताबाट सञ्चालनमा आउँदै छ ।

तीन वटा मार्टमा कम्पनीले ८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले आगामी वर्ष मार्ट २० स्थानमा विस्तार गर्दैछ । कम्पनीको सञ्चालकमा सुदिप थापा छन् । मार्टमा दैनिक रुपमा प्रयोग हुने घरायसी सामानहरु रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामान सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ । कम्पनीले घरदैलोमा सामान डेलिभरी गर्न ग्रोसरी सामानहरुको सूची घर–घरमा वितरण गरिने जनाएको छ ।
कम्पनीले अत्याधुनिक प्रविधिमार्फत अनलाइन सपिङको व्यवस्था गर्ने जनाएको छ । ‘मोर्डन सपिङको अनुभुति गराउन सामान छोएर, हेरेर र आफ्नै इच्छा बमोजिम खरीद गर्न सकिनेछ,’ कम्पनीले भनेको छ । कम्पनीले पहिलो चरणमा दुर्इ वर्ष भित्र उपत्यकाको ३५ वटै वडामा यस्तो मार्ट सञ्चालन गर्ने थापले बिजमाण्डुलार्इ बताए । हाम्रो लक्ष्य उपभोक्तालार्इ यस्तो स्टोरमा सपिङका लागि अभ्यस्त बनाउनु हो, थापाले भने, त्यसैले हामी उपभोक्ता बढी हुने स्थानलार्इ छनोट गरेर स्टोर खोलिरहेका छौं .

कम्पनीले काठमाडौंका सबै वडामा स्थापना मार्ट सञ्चालनमा ल्याउने योजना बनाएको छ, ललितपुर र भक्तपुरमा पनि स्तुती मार्ट सञ्चालन हुनेछ, थापाले भने । मार्टले २५० भेण्डरबाट सामानको सप्लार्इ लिने गरेको छ । हामी धादिङ, काभ्रे, चितवनका किसानसँग सिधा एक्सेस बनाएर, उपभोक्तालार्इ सस्तो र सुलभ सेवा दिने तयारी गरिरहेका छौं, थापाले भने । उनले स्टोरमा तीन हजार भेराइटीका सामान उपलब्ध हुने र त्यसलार्इ अझ विस्तार गरिने जानकारी दिए । स्टोरमा अहिलेलार्इ हरियो तरकारी उपलब्ध छैन्, तर यो सेवा छिट्टै विस्तार गर्ने रणनीतिमा कम्पनी छ ।