BIZMANDU
www.bizmandu.com

आठ करोड लगानीमा तीन स्थानमा स्तुति मेरो मार्ट, आउँदो वर्ष २० ठाउँमा विस्तार, घरमै डेलिभरी

२०७० असार १४

आठ करोड लगानीमा तीन स्थानमा स्तुति मेरो मार्ट, आउँदो वर्ष २० ठाउँमा विस्तार, घरमै डेलिभरी
आठ करोड लगानीमा तीन स्थानमा स्तुति मेरो मार्ट, आउँदो वर्ष २० ठाउँमा विस्तार, घरमै डेलिभरी


काठमाडौं । डिपार्टमेन्टल स्टोर र मार्टमा सामान किन्ने प्रचालन बढ्दै गएपछि एएनएस कम्पनीले उपत्यका तीन स्थानमा मार्ट सञ्चालनमा ल्याएको छ । एडभरटाइजिङ एजेन्सी चलाइरहेको समूहले स्तुती मेरो मार्ट सञ्चालनमा ल्याएको हो ।  कम्पनीले राजधानीको कत्यायनी चोक, घट्टेकुलो र सिनामंगलमा मार्ट सञ्चालनमा ल्याएको हो । यी तीनवटै मार्टमध्ये घट्टेकुलोको मार्टको शनिबार उद्घाटन भएको छ । मार्टको औपचारिक उद्घाटन नेपाल  उद्योग वाणिज्य महासंघका वरिष्ठ उपात्यक्ष भास्करराज राजकर्णिकारले गरेका हुन् । कत्यायनी चोक र सिनामंगलको मार्ट भने अर्को साताबाट सञ्चालनमा आउँदै छ ।

तीन वटा मार्टमा कम्पनीले ८ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीले आगामी वर्ष मार्ट २० स्थानमा विस्तार गर्दैछ । कम्पनीको सञ्चालकमा सुदिप थापा छन् । मार्टमा दैनिक रुपमा प्रयोग हुने घरायसी सामानहरु रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका सामान सर्वसुलभ रुपमा उपलब्ध गराइनेछ । कम्पनीले घरदैलोमा सामान डेलिभरी गर्न ग्रोसरी सामानहरुको सूची घर–घरमा वितरण गरिने जनाएको छ ।
कम्पनीले अत्याधुनिक प्रविधिमार्फत अनलाइन सपिङको व्यवस्था गर्ने जनाएको छ । ‘मोर्डन सपिङको अनुभुति गराउन सामान छोएर, हेरेर र आफ्नै इच्छा बमोजिम खरीद गर्न सकिनेछ,’ कम्पनीले भनेको छ । कम्पनीले पहिलो चरणमा दुर्इ वर्ष भित्र उपत्यकाको ३५ वटै वडामा यस्तो मार्ट सञ्चालन गर्ने थापले बिजमाण्डुलार्इ बताए । हाम्रो लक्ष्य उपभोक्तालार्इ यस्तो स्टोरमा सपिङका लागि अभ्यस्त बनाउनु हो, थापाले भने, त्यसैले हामी उपभोक्ता बढी हुने स्थानलार्इ छनोट गरेर स्टोर खोलिरहेका छौं .

कम्पनीले काठमाडौंका सबै वडामा स्थापना मार्ट सञ्चालनमा ल्याउने योजना बनाएको छ, ललितपुर र भक्तपुरमा पनि स्तुती मार्ट सञ्चालन हुनेछ, थापाले भने । मार्टले २५० भेण्डरबाट सामानको सप्लार्इ लिने गरेको छ । हामी धादिङ, काभ्रे, चितवनका किसानसँग सिधा एक्सेस बनाएर, उपभोक्तालार्इ सस्तो र सुलभ सेवा दिने तयारी गरिरहेका छौं, थापाले भने । उनले स्टोरमा तीन हजार भेराइटीका सामान उपलब्ध हुने र त्यसलार्इ अझ विस्तार गरिने जानकारी दिए । स्टोरमा अहिलेलार्इ हरियो तरकारी उपलब्ध छैन्, तर यो सेवा छिट्टै विस्तार गर्ने रणनीतिमा कम्पनी छ ।

Tata
GBIME
NLIC