पोखरामा भाटभटेनीलाई उत्साहजनक स्वागत, सात दिनमा पाँच करोडको कारोवार



२०६९ साउन ७ गते ००:००
पोखरामा भाटभटेनीलाई उत्साहजनक स्वागत, सात दिनमा पाँच करोडको कारोवार


काठमाडौं । पोखरामा खोलिएको भाटभटेनीलाई उपभोक्ताले यति धेरै स्वागत गरे, जति सञ्चालकहरुले अपेक्षा पनि गरेका थिएनन् । गत शनिवार पोखरामा खोलेको भाटभटेनीमा ओपनिङ गरेयता दैनिक ६० लाख रुपैयाँभन्दा कमको कारोवार भएको छैन ।
भाटभटेनी ओपनिङ भएको दिन मूल्य अभिवृद्धि करसहित ९४ लाख रुपैयाँको कारोवार भएको थियो, दोस्रो दिन ६७ लाख, तेस्रो दिन ६१ लाख रुपैयाँको कारोवार भयो, त्यसयता पनि ६० लाखभन्दा माथिको कारोवार भैरहेको छ, पोखराबाट भटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले बताए ।
पोखराको भाटभटेनीमा सबैभन्दा  लोकप्रिय तरकारीको स्टल भएको छ । यही लोकप्रियताका कारण भाटभटेनीले ‘फार्मस टु फेमिली’ कार्यक्रम सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको तरकारी भाटभटेनीले तनहुँ र पोखरा वरपरबाट बटुल्छ, त्यसलाई न्युन मुनाफामा उपभोक्तालाई विक्री गर्छ, सञ्चालक गुरुङले जानकारी दिए ।
किसानले ८/१० रुपैयाँमा विक्री गरेको तरकारी बजारमा पुग्दा ६०/७० रुपैयाँको हाराहारीमा पुग्थ्यो, तर अहिले भाटभटेनीले किसानसँग किनेको मूल्यमा तीनदेखि २० प्रतिशतसम्म मुनाफा राखेर विक्री गरेको छ । यसले किसानले धेरै रकम पाएका छन्, उपभोक्ताले सस्तो मूल्यमा तरकारी पाएका छन्, गुरुङले जानकारी दिए । भाटभटेनीले पोखरामा ओपनिङ अफर स्वरुप अन्य सामानमा पनि १० प्रतिशत छुट दिएको छ ।


Sunrise Bank
TATA
GBIME