साताको पहिलो दिननै हरियोमा रंगियो स्टक बजार, नेपाल लाइफका सेयरधनी भए मालामाल

बिजमाण्डू
२०६९ चैत्र २५ गते ००:०० | Apr 7, 2013
साताको पहिलो दिननै हरियोमा रंगियो स्टक बजार, नेपाल लाइफका सेयरधनी भए मालामाल

काठमाडौं । साताको पहिलो दिन स्टकले राम्रो संकेत गर्यो, सबै सूचकमा हरियो बत्ती बल्यो, जलविद्युत छ अंक र इन्सुरेन्स समूहको सूचक १६ अंकले माथि चढेपछि नेप्से सूचक पनि २.७४ अंकले माथि चढ्यो, अन्य समूहको सूचक चार अंक माथि चढ्यो । बुटवल पावरको सेयर १० रुपैयाँ चढेर ७५० मा, नागरिक लगानी कोषको १९ रुपैयाँ चढेर १४३३ मा, लाइफ इन्सुरेन्स कम्पनीको २० रुपैयाँ घटेर एक हजारमा, नविल बैंकको सेयर १८ रुपैयाँ घटेर १७९० मा कारोवार भयो भने नविल बैंक प्रवद्र्धक सेयर १५ रुपैयाँ बढेर ११०५ मा कारोवार भयो । नविल बैंकको छ प्रतिशत प्रवद्र्धक सेयर लिलामीमा विक्री गर्ने आइतवार अन्तिम दिन हो । यही कारण नविलको सेयर तल झरेपनि नविलको प्रवद्र्धकको सेयरको मूल्य भने १५ रुपैयाँले माथि चढ्यो ।
नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य १६० रुपैयाँले माचि चढेपछि २११० मा कारोवार भयो । कम्पनीको यो अहिलेसम्मकै सबैभन्दा उच्चतम विन्दुमा कारोवार भएको हो । नेशनल इन्सुरेन्सको भने ११ रुपैयाँ तल झरेर ५६५ मा, प्राइम लाइफ इन्सुरेन्सको १४ रुपैयाँ बढेर २९९ मा, सगरमाथा इन्सुरेन्सको पनि १४ रुपैयाँ नै बढेर १०१९ मा कारोवार भयो ।

Tata
GBIME
NLIC