
काठमाडौं । दुई महिनादेखि बन्द रहेको रक्सौल डिपोबाट आजदेखि पेट्रोल आउने भएको छ । पेट्रोल रहेको ट्यांकी सफा गर्न भन्दै भारतीय आयल कर्पोरेसन(आइओसी)ले दुई महिना अघि बन्द गरेको थियो । ‘टं्याकी सफा गरिसकेपछि परीक्षण समेत भइसकेको छ,’ आयल निगमका एक कर्मचारीले भने, ‘आजैदेखि पेट्रोल लोड भएर नेपालतर्फ आउनेछ ।’ रक्सौलबाट पेट्रोल नआउँदा अहिले निगमले बरौनीबाट ल्याइरहेको छ ।
बरौनी दूरी र तापक्रम नोक्सानीका कारण निगमलाई समस्या पर्छ । रक्सौलबाट पेट्रोल ल्याउन नसकेर बरौनीबाट ल्याउँदा आपूर्ति व्यवस्थापन गर्न नसकेर तेल अभाव हुने गरेको छ । रक्सौल दूरीका हिसाबले पनि नजिक रहेकोले त्यहाँबाट तेल ल्याउन सजिलो हुन्छ ।