BIZMANDU
www.bizmandu.com

दुई महिनादेखि बन्द राक्सौल डिपो आइतवारबाट खुल्ने, आजैदेखि पेट्रोल पनि लोड हुने

२०६९ चैत्र १८

दुई महिनादेखि बन्द राक्सौल डिपो आइतवारबाट खुल्ने, आजैदेखि पेट्रोल पनि लोड हुने
दुई महिनादेखि बन्द राक्सौल डिपो आइतवारबाट खुल्ने, आजैदेखि पेट्रोल पनि लोड हुने


काठमाडौं  । दुई महिनादेखि बन्द रहेको रक्सौल डिपोबाट आजदेखि पेट्रोल आउने भएको छ । पेट्रोल रहेको ट्यांकी सफा गर्न भन्दै भारतीय आयल कर्पोरेसन(आइओसी)ले दुई महिना अघि बन्द गरेको थियो । ‘टं्याकी सफा गरिसकेपछि परीक्षण समेत भइसकेको छ,’ आयल निगमका एक कर्मचारीले भने, ‘आजैदेखि पेट्रोल लोड भएर नेपालतर्फ आउनेछ ।’ रक्सौलबाट पेट्रोल नआउँदा अहिले निगमले बरौनीबाट ल्याइरहेको छ ।
बरौनी दूरी र तापक्रम नोक्सानीका कारण निगमलाई समस्या पर्छ । रक्सौलबाट पेट्रोल ल्याउन नसकेर बरौनीबाट ल्याउँदा आपूर्ति व्यवस्थापन गर्न नसकेर तेल अभाव हुने गरेको छ । रक्सौल दूरीका हिसाबले पनि नजिक रहेकोले त्यहाँबाट तेल ल्याउन सजिलो हुन्छ ।

Tata
GBIME