
काठमाडौं । एनएमबि बंैकले युएईबाट ‘एनएमबि सुलभ रेमिट’ सेवा संचालनमा ल्याएको छ । एनएमबि बैंक र सराफ एक्सचेन्जवीच युएईबाट नेपालमा सुलभ रेमिटमार्फत पैसा पठाउने सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र सराफ एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्णन् शर्माले हस्ताक्षर गरेका थिए । सम्झौतापछि अब युएईमा रहेका नेपालीले सराफ एक्सचेन्जबाट एनएमबि बैंकको सुलभ रेमिट मार्फत नेपालभर पैसा पठाउन सक्नेछन् ।
सराफ एक्सचेन्जका युएईमा १४ शाखा छन्, त्यहाँ रहेका नेपालीले आर्जन गरेको रकम एमएमबि बैंक लगायत नेपालभरका दुई हजार प्रतिनिधिमार्फत भुक्तानी हुनेछ । पठाएको रकम युएईबाटै एनएमबि बैंकमा आफ्नो बचत खाता खोली रकम जम्मा समेत गर्न सक्ने आइतवार बैंकले जारी प्रेस विज्ञप्तिमा छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी एनएमबि सुलभ रेमिटलाई रकम ट्रान्सफरको लागी हरेकको रोजाई बनाउने लक्ष्य रहेको बैकको बिज्ञप्ती मार्फत जनाएको छ । निकट भविष्यमै बैंकले खाडी र अन्य देशबाट समेत रेमिटेन्स सेवा प्रदान गर्नेछ । एनएमबि बैंकको देशभर रहेका आफ्ना २० शाखा, एक एक्सटेन्सन काउन्टर र २३ एटिएमको सञ्जालबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।