BIZMANDU
www.bizmandu.com

एनएमबी बैंकले युएईबाट रेमिट्यान्स सेवा दिने, युएईको सराफ एक्सचेञ्जसँग सम्झौता

२०६९ चैत्र १८

एनएमबी बैंकले युएईबाट रेमिट्यान्स सेवा दिने, युएईको सराफ एक्सचेञ्जसँग सम्झौता
एनएमबी बैंकले युएईबाट रेमिट्यान्स सेवा दिने, युएईको सराफ एक्सचेञ्जसँग सम्झौता


काठमाडौं । एनएमबि बंैकले युएईबाट ‘एनएमबि सुलभ रेमिट’ सेवा संचालनमा ल्याएको छ । एनएमबि बैंक  र सराफ एक्सचेन्जवीच युएईबाट नेपालमा सुलभ रेमिटमार्फत पैसा पठाउने सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र सराफ एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत गोपाल कृष्णन् शर्माले हस्ताक्षर गरेका थिए । सम्झौतापछि अब युएईमा रहेका नेपालीले सराफ एक्सचेन्जबाट एनएमबि बैंकको सुलभ रेमिट मार्फत नेपालभर पैसा पठाउन सक्नेछन् ।
सराफ एक्सचेन्जका युएईमा १४ शाखा छन्, त्यहाँ रहेका नेपालीले आर्जन गरेको रकम एमएमबि बैंक लगायत नेपालभरका दुई हजार प्रतिनिधिमार्फत भुक्तानी हुनेछ । पठाएको रकम युएईबाटै एनएमबि बैंकमा आफ्नो बचत खाता खोली रकम जम्मा समेत गर्न सक्ने आइतवार बैंकले जारी प्रेस विज्ञप्तिमा छ । ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी एनएमबि सुलभ रेमिटलाई रकम ट्रान्सफरको लागी हरेकको रोजाई बनाउने लक्ष्य रहेको बैकको बिज्ञप्ती मार्फत जनाएको छ । निकट भविष्यमै बैंकले खाडी र अन्य देशबाट समेत रेमिटेन्स  सेवा प्रदान गर्नेछ । एनएमबि बैंकको देशभर रहेका आफ्ना २० शाखा, एक एक्सटेन्सन काउन्टर र २३ एटिएमको सञ्जालबाट ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Tata
GBIME
NLIC