दुई सातामा बैंकको निक्षेप १८ अर्बले वढ्यो, तरलता अभावमा सुधार, ऋण पनि ६ अर्बले वृद्धि

बिजमाण्डू
२०६९ चैत्र ७ गते ००:०० | Mar 20, 2013
काठमाडौं । बैंकहरुको निक्षेप सात दिनमा ८ अर्बले वढेको छ । अघिल्लो साता १० अर्बले निक्षेप वढेको थियो । निक्षेप वृद्धि नभएर तरलता अभाव झेलिरहेका बैंकहरुलाई निक्षेप वढेर राहत भएको छ । बैंकको निक्षेप ९ सय १८ अर्ब रुपैया पुगेको  छ । निक्षेप वढेपछि दुई सातादेखि ऋण लगानी बन्द गरेका बैंकले विस्तारै कर्जा वढाउन थालेका छन् । बैंकको कर्जा ६ अर्बले वृद्धि भएर ७ सय ९ अर्ब पुगेको छ ।
बैंकहरुको ९ सय ४ अर्ब पुगेको निक्षेप घटेर ८ सय ९९ अर्बसम्म पुगेको थियो । निक्षेप वृद्धिको तुलनामा कर्जा भने व्यापक वृद्धि गरेपछि बैंकहरुमा तरलता अभाव देखिएको थियो । कमर्ज एन्ड ट्रस्ट बैंकको साधारण सेयरको करिव ७ अर्ब र सरकारी विकास खर्च केही वढेका कारण निक्षेपमा सुधार आएको हो । निक्षेप सुधारपछि बैंकहरुको अन्तर बैंक सापटी दर पनि घटेको छ । ७ प्रतिशतमा कारोबार गर्दै आएका बैंकले अहिले साढे २ प्रतिशतमा सजिलै सापटी पाउन थालेका छन् ।

Tata
GBIME
NLIC