
काठमाडौं । स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडा र्यापिड डिजेल भर्सन गाडी बजारमा ल्याएको छ । यो गाडीले अरु पेट्रोल गाडी भन्दा बढी माइलेज दिने कम्पनीको दावी छ । यो कारको प्रतिस्पर्धा फोर्डको फियस्टा, भक्सवागनको भेन्टो डिटीआई र फियाटको लियनासँग हुने कम्पनीले जनाएको छ । यो कार तीन वटा मोडलमा बजारमा ल्याएको छ । एक्टिभ प्लस, एम्बिएसन प्लस र एलिगेन्स नेपाली बजारमा आएको छ ।
यी तीनवटै मोडलहरु १.६ लिटर क्षमता भएको डिजेल कार हो । यो निर्धारित मूल्य बराबरको यस सेग्मेन्टमध्ये अधिकतम क्षमता भएको कार हो । यो स्कोडा ¥यापिडमा अधिकतम क्षमता ४ हजार ४ सय आरपिएममा १ सय ५ पिएस र १ हजार ५ सयदेखि २ हजार ५ सय आरपिएममा टर्क २ सय ५० एनएम छ । यो कारको ग्राउन्ड क्लियरेन्स १६८ एमएम र स्टोरेज क्षमता ४ सय ६० लिटर छ ।
स्कोडा ¥यापिडले २० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । १६०० सीसीको वास्तविक आनन्द दिने स्कोडाले चालक र यात्री दुर्वलाई आरामदायी र सुविधायुक्त हुने गरि विशेषता बनाएको कम्पनीले जनाएको छ । यो कारमा फग लाइट, हातैले मिलाउन सकिने हेलोजिन हेडलाईट गाडी भित्र शुद्ध हावा पठाउने फिल्टर, कारको झ्यालहरु सजिलोसँग संचालन गर्नको लागि रिमोटयुक्त साँचो, गाडीको झ्यालले हात नच्याप्नको लागि एन्टि पिन्च विन्डो र सिटको तलपट्टी रियर एयर कन्डिसन भेन्ट छ । कारलाई चाहना अनुसार हाइट र लेन्थ मिलाउन सकिने स्टेरिङ ह्विल्स र इमरजेन्सी ब्रेक लगाउँदा सन्तुलन विग्रिन नदिनको लागि ड्युल रेट ब्रेक एसिस्ट छन् ।
कारको अगाडी एयरब्याग, मल्टी फन्सन डिस्प्ले, अगाडीको यात्रीको सिट पछाडीबाट एडजस्ट गर्न सकिने विभिन्न वातावरण र वाहिरको बदलिदो तापक्रममा गाडी भित्रको समान तापक्रम कायम गर्न अटोमेटिक एयर कन्डिसन लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक्टीभ प्लसको मूल्य ३४ लाख ९५ हजार, एम्बिएसन प्लसको मूल्य ३७ लाख ९५ हजार र एलिगेन्सको मूल्य ४० लाख ९५ हजार रुपैयाँ तोकेको छ । यो कार विभिन्न चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।