BIZMANDU
www.bizmandu.com

स्कोडा र्यापिडको डिजेल भर्सनका गाडी बजारमा, २० किमिको माइलेज, मूल्य ३४ देखि ४० लाख

२०६९ फागुन १५

स्कोडा र्यापिडको डिजेल भर्सनका गाडी बजारमा, २० किमिको माइलेज, मूल्य ३४ देखि ४० लाख
स्कोडा र्यापिडको डिजेल भर्सनका गाडी बजारमा, २० किमिको माइलेज, मूल्य ३४ देखि ४० लाख


काठमाडौं । स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले स्कोडा र्यापिड डिजेल भर्सन गाडी बजारमा ल्याएको छ । यो गाडीले अरु पेट्रोल गाडी भन्दा बढी माइलेज दिने कम्पनीको दावी छ । यो कारको प्रतिस्पर्धा फोर्डको फियस्टा, भक्सवागनको भेन्टो डिटीआई र फियाटको लियनासँग हुने कम्पनीले जनाएको छ । यो कार तीन वटा मोडलमा बजारमा ल्याएको छ । एक्टिभ प्लस, एम्बिएसन प्लस र एलिगेन्स नेपाली बजारमा आएको छ ।
यी तीनवटै मोडलहरु १.६ लिटर क्षमता भएको डिजेल कार हो । यो निर्धारित मूल्य बराबरको यस सेग्मेन्टमध्ये अधिकतम क्षमता भएको कार हो । यो स्कोडा ¥यापिडमा अधिकतम क्षमता ४ हजार ४ सय आरपिएममा १ सय ५ पिएस र १ हजार ५ सयदेखि २ हजार ५ सय आरपिएममा टर्क २ सय ५० एनएम छ । यो कारको ग्राउन्ड क्लियरेन्स १६८ एमएम र स्टोरेज क्षमता ४ सय ६० लिटर छ ।

स्कोडा ¥यापिडले २० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ । १६०० सीसीको वास्तविक आनन्द दिने स्कोडाले चालक र यात्री दुर्वलाई आरामदायी र सुविधायुक्त हुने गरि विशेषता बनाएको कम्पनीले जनाएको छ । यो कारमा फग लाइट, हातैले मिलाउन सकिने हेलोजिन हेडलाईट गाडी भित्र शुद्ध हावा पठाउने फिल्टर, कारको झ्यालहरु सजिलोसँग संचालन गर्नको लागि रिमोटयुक्त साँचो, गाडीको झ्यालले हात नच्याप्नको लागि एन्टि पिन्च विन्डो र सिटको तलपट्टी रियर एयर कन्डिसन भेन्ट छ । कारलाई चाहना अनुसार हाइट र लेन्थ मिलाउन सकिने स्टेरिङ ह्विल्स र इमरजेन्सी ब्रेक लगाउँदा सन्तुलन विग्रिन नदिनको लागि ड्युल रेट ब्रेक एसिस्ट छन् ।
कारको अगाडी एयरब्याग, मल्टी फन्सन डिस्प्ले, अगाडीको यात्रीको सिट पछाडीबाट एडजस्ट गर्न सकिने विभिन्न वातावरण र वाहिरको बदलिदो तापक्रममा गाडी भित्रको समान तापक्रम कायम गर्न अटोमेटिक एयर कन्डिसन लगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । कम्पनीले एक्टीभ प्लसको मूल्य ३४ लाख  ९५ हजार, एम्बिएसन प्लसको मूल्य ३७ लाख ९५ हजार र एलिगेन्सको मूल्य ४० लाख ९५ हजार रुपैयाँ तोकेको छ । यो कार विभिन्न चार रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Tata
GBIME
NLIC