
काठमाडौ । जिल इन्टरप्राइजेजले क्यान इन्फोटेक २०१३ को अवसरमा इन्टेक्स ट्याब्लेटमा नयाँ अफर सार्वजनिक गरेको छ । उक्त कम्पनिले ल्याएको नयाँ अफर योजना अन्तर्गत ग्राहकले उक्त ट्याब्लेटको खरिदकालागि ५ सय रूपैयाँमा वुकिङगरी इन्फोटेकपछि सामान खरिद गर्न सक्नेछन् । यो अफर योजना अन्गर्तत यसअघि १६ हजार रहेको मुल्य पनि १३ हजार ५ सय कायम गरिएको कम्पनीले जनाएको छ ।