क्यान इन्फोटेक, उत्साहजनक दर्शक, कम्प्युटरदेखि इन्टरनेटसम्म छुटै छुट (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ माघ २४ गते ००:०० | Feb 6, 2013
क्यान इन्फोटेक, उत्साहजनक दर्शक, कम्प्युटरदेखि इन्टरनेटसम्म छुटै छुट (तस्वीर समाचार)

बसन्त खड्का/बिजमाण्डू
काठमाडौं । राजधानीको भृकुटी मण्डपमा आजदेखि सूचना र प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको सुरु भएको छ । मेलालाई  विज्ञान तथा प्रविधि सचिव केशव भट्टराईले उदघाटन गरे । सूचना र प्रविधिसम्बन्धी सामग्रीको प्रदर्शन गर्ने उदेश्यले आयोजना गरिएको मेलामा दर्शकको राम्रै भीड लागेको छ ।

ल्यापटप, मोबाइल, विद्युतीय उपकरण इन्टरनेट लगाएतका गरि १२४ स्टल रहेको मेलामा विभिन्न कम्पनीले नयाँ र आधुनिक प्रविधिका सेवा तथा सामग्रीहरु उपलब्ध गराएका छन् ।

Tata
GBIME
Nepal Life


मेलामा सिद्धार्थ बैंक तथा एफवन सफ्टले मोवाइल वालेट सेवा उपलब्ध गराएका छन् । त्यस्तै नेपाल टेलीकमले एक सय रुपैयाँको सिमकार्ड लिँदा एक सय रुपैयाँ बरावरको रकम सुबिधा तथा वाइम्याक्स इन्टरनेट सुविधा समेत उपलब्ध गराएको छ ।


त्यस्तै एन्युस कम्पनीले एउटा ट्याबलेटको खरिद गर्दा तीन हजार बरावरको ब्याग, माउस पेनड्राइभ लगाएतका सामग्री उपहार स्वरुप उपलब्ध गराएको छ ।


म्याक्स इन्टरनेशनलले डेलको अल्ट्राबुक मेलामा राखेको छ । ६ जीबी रयाम ५०० जीबी हार्ड डिस्क सहितको तेस्रो पुस्ताका जेनेरेसन लाई समेटेर तयार गरिएको आइ–७ अल्ट्राबुकलाई स्पेसल अफर सहित मेलामा ९५ हजार रुपैयाँमा उपलब्ध गराएको छ ।


त्यस्तै मेगाटेकले लेनोभोको नयाँ टयाबलेट मेलामा राखेको छ डबल सिम, डबल क्यामरा र सात इन्चको स्क्रिन, एक गीगा हर्ज प्रोसेसर र एक जीबी मेमोरी सहितका सुविधा रहेको टयाबलेटलाई स्पेसल अफर सहित २५ हजार रुपैयाँमा उपलब्ध गराएको  कम्पनीले जानकारी दिएको छ । सामसङ पनि दर्शकको रोजाइमा छ ।


इप्सनले विभिन्न किसिमका प्रिन्टर तथा प्रोजेक्टरलाई १५ प्रतिशत छुट सहित बिक्री गरिरहेको बताएको छ । क्याननले पनि सेवा, गुणस्तर र छुटको योजनासहित मेलामा सहभागी भएको छ । क्लासिक टेकले मेलामा स्पेसल अफर सहित १५ एमबि डाटास्पीड सहितको इन्टरनेटलाई १५ जीबी डाटा सहित प्रत्येक महिना १५ सय रुपैयामा उपलब्ध गराउने जानकारी दिएको छ ।


क्लासिक टेकले मेला स्थलमा फ्रि वाइ फाइ सेवा समेत उपलब्ध गराएको छ । करिब साढे चार लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको मेला आउँदो ६ दिन सम्म चल्ने आयोजकले जानकारी गराएका छन  ।


मेलामा प्रविधिसम्बन्धी नयाँ र पछिल्ला सस्करणलाई समेत उपलब्ध गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक क्यान इन्फोटेकका महासचिव अमृतकुमार पन्तले जानकारी दिए । ‘हामीले सुचना र प्रविधिसँग नजिक हुन चाहनेलाई मध्यनजर गरि यो मेलाको आयोजना गरेका हौ’, उनले भने । मेलामा नयाँ र पछिल्लो समयमा बजारमा आएका प्रविधिसम्बन्धी सेवा र सामग्रीलाई पनि राखिएको पन्तले बताए ।