नेपाल टेलिकमले कारोवार आकार ४० अर्बले नघाउने, कम्पनीको प्राथमिकता भ्वाइसभन्दा डाटा

बिजमाण्डू
२०६९ माघ २२ गते ००:०० | Feb 4, 2013
नेपाल टेलिकमले कारोवार आकार ४० अर्बले नघाउने, कम्पनीको प्राथमिकता भ्वाइसभन्दा डाटा

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षमा कारोवार आकार ४० अर्ब रुपैयाँ नघाउने भएको छ । प्रतिश्पर्धी एनसेलले सन् २०१२ मा ३६ अर्ब ३६ करोड रुपैयाँको कारोवार गरेको थियो । टेलिकमले कारोवार रकमको झण्डै आधा हिस्सा करका रुपमा सरकारी खातामा जम्मा गर्दछ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक अमरनाथ सिंहले चालु आर्थिक वर्षमा सरकारी खातामा टेलिकमले १९ अर्ब छ करोड रुपैयाँ योगदान गर्ने बताए । गतवर्ष ३६ अर्ब ७९ करोड रुपैयाँको कारोवार गर्दा टेलिकमले सरकारी खातामा १८ अर्ब सात करोड रुपैयाँ योगदान गरेको थियो ।

टेलिकमले आफ्नो कारोवार आकारलाई वृद्धि गर्न भ्वाइसलाईभन्दा डाटालाई प्राथमिकतामा राखेको छ । नवौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रवन्ध निर्देशक सिंहले पिएसटिएन सेवालाई आईपी प्रविधिमा आधारित बनाउने, वाइम्याक्स सेवालाई विस्तार गर्ने विषयलाई प्राथमिकताका साथ उठाएका छन् । पिएसटिएनलाई आइपीमा आधारित बनाएर देशभर ब्रोडव्यान्ड सेवा उपलब्ध गराउने, एक करोड जिएसएम र २० लाख लाइन आइपिसिडिएमए सेवाबाट ग्रामिण जनतालाई लाभान्वित बनाउने उदघोष पनि उनले वार्षिकोत्सवमा गरे ।
टेलिकमले आइपी सिडिएमए प्रविधिबाट पुरानो उपकरणलाई विस्थापित गर्ने कार्य सकिएको र जिएसएम आयोजना अन्र्तगत थ्रीजी मोवाइल सेवा उपलब्ध गराइरहेको उनले बताएका छन् । त्यसैगरी प्रवन्ध निर्देशक सिंहले चौथो पुस्ताको वाईम्याक्स प्रविधिलाई पनि देशभर विस्तार गर्ने घोषणा गरेका छन् । वायरलेस प्रविधिमा उपलब्ध यो सेवा अहिले काठमाडौंसँगै देशका ठूला शहरमा वितरण गरिएको छ । सोमवारबाटै टेलिकमको वाइम्याक्स सेवा विराटनगर, इटहरी धरान, बिर्तामोड, धुलावारी, भद्रपुर, काकडभिट्टा र हेटौंडामा पनि शुरु भएको छ । प्रथम चरणमा यो सेवा ३८ जिल्लाका १८ सय गाविसमा ५० हजार ल्यन वितरण गर्ने लक्ष्य टेलिकमले लिएको छ ।

कम्पनीको महत्वाकांक्षी योजनाका रुपमा रहेको कन्र्भजेन्ट रियल टाइम विलिङ र कस्टमर सर्पोट आयोजना अन्र्तगत आइपि सिडिएमए सिस्टमको विलिङ सिस्टमलाई सार्ने काम सकिएका र जिएसएम लगायतका सेवालाई पनि आवद्ध गरेर एकीकृत विलिङ गर्न कम्पनीले तयारी गरिरहेको प्रवन्ध निर्देशक सिंहले बताए । त्यसैगरी टेलिकमले पनि उपभोक्ता सम्पर्क केन्द्रहरु सञ्चालनमा ल्याउने घोषणा गरेको छ । यो केन्द्रमा ग्राहकले इमेल, एसएमएसबाट आफ्ना गुनासाहरु पठाउन र सेवा सम्वन्धी जानकारीहरु पाउन सक्ने प्रवन्ध निर्देशक सिंहले बताए ।
नौ वर्षअगाडि संस्थानबाट कम्पनीमा रुपान्त्रण भएको नेपाल टेलिकमको त्यतिवेला कुल नाफा तीन अर्ब १३ करोड २२ लाख रहेकामा अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा ११ अर्ब ६० करोड ५२ लाख पुगेको छ । प्रबन्ध निर्देशक सिंहले प्रतिस्पर्धात्मक दूरसञ्चार बजारमा सरकारको ऐननियममा बाँधिनु पर्दा समस्या आइरहेको, कम्पनीलाई रणनीतिक साझेदारीको अवधारणाअनुरुप सञ्चालन गर्न ल्याइएको नीति अर्थमन्त्रालयमा थन्किरहेकाले अप्ठ्यारो परिरहेको बताए । उनले स्तरीय दूरसञ्चार सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार क्षेत्रको पहुँच पु¥याउने लक्ष्य लिएको जानकारी पनि दिए ।

Tata
GBIME
Nepal Life

टेलिकमले कहाँ र के-केमा दियो यती धेरै भारी छुट

नेपाल टेलिकमको मोवाइलबाट ३० पैसामा फोन, आधा मूल्यमा एसएमए, ल्याण्डलाइनमा थप कल, बेलायतमा चार रूपैयाँमा कल, अष्ट्रेलियमा सात रूपैयाँ ७५ पैसा प्रतिमिनेट