राजनीतिमा नतिजा ननिस्किएपछि राष्ट्रपति फेरी छलफलमा जुटे, शीर्ष नेतासँग परामर्श

बिजमाण्डू
२०६९ माघ १७ गते ००:०० | Jan 30, 2013
राजनीतिमा नतिजा ननिस्किएपछि राष्ट्रपति फेरी छलफलमा जुटे, शीर्ष नेतासँग परामर्श

काठमाडौँ । राजनीतिक संकट समाधानको जिम्मा दललाई दिएको केही साता वित्दा पनि कुनै ठोस नतिजा ननिस्किएपछि बुधवार राष्ट्रपति डा. रामवरण यादवले ठूला दलका शीर्ष नेता र प्रधानमन्त्रीसँग फेरी छलफल गरेका छन् । राष्ट्रपति यादवले बुधवार बिहान शीतलनिवासमा बोलाएर दलका नेताहरुसँग छलफल गरे पनि त्यसबाट कुनै सकारात्मक नतिजा आउन सकेन ।
राष्ट्रपति सामु सबै दलले आफ्नो पुरानै रोडम्याप र एजेण्डा राखेका थिए । राष्ट्रपति यादवले आपसी छलफल एवम् वार्ताबाट छिटो सहमति खोज्न आग्रह गरेपछि छलफल टुङ्गिएको थियो । आन्दोलन  र जनपरिचालनका कार्यक्रमले दलहरुबीच सहमतिभन्दा मुठभेडको अवस्था नजिकिँदै गइरहेको बेला राष्ट्रपति र एनेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा (एमाले) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीच छलफल भएको हो ।
छलफलपछि नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले सत्तापक्षका कारण सहमति जुट्न नसकेको भन्दै सत्तापक्षकै कारण मुठभेडको अवस्था आएको र प्रतिपक्षी दल समेत निकासको लागि आन्दोलनमा जानुपरेको बताए । माओवादी नेता अमिक शेरचनले सबै दलले आ–आफनो दलको चिन्ता राख्ने काम भएको र सहमति गरेर छिटो चुनावमा जाउँ भन्ने कुरा राखेको बताए । राष्ट्रपतिले दललाई मिल्न, ढुङ्गामुढा नगर्नु आग्रह गर्नुभएको छ, शेरचनले भने ।
प्रधानमन्त्रीसँग पनि परामर्श
राष्ट्रपति यादवले बुधवारै प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि राजनीतिक संकट टुङ्गयाउने विषयमा परामर्श गरेका छन् । भेटमा प्रधानमन्त्री डा भट्टराईले जेठ १५ गतेभित्र निर्वाचन गरी राजनीतिक गतिरोधलाई निकास दिने विषयमा छलफल अघि बढेको बताएका थिए । उनले निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेर निर्वाचनका लागि दवाव बनाउन राष्ट्रपतिसमक्ष आग्रह समेत गरेका थिए । राष्ट्रपति यादवले दलहरुबीच छिटो सहमति गरेर मुलुकमा विद्यमान राजनीतिक तिरोधको निकास दिन प्रधानमन्त्रीर्ला आग्रह गरेका थिए ।

Tata
GBIME
Nepal Life