ठमेलको होटलबाट स्रोत नखुलेको साढे ५० लाख रुपैयाँसहित दुई जना पक्राउ

बिजमाण्डू
२०८३ मंसिर १० गते ११:५४ | Nov 26, 2026
ठमेलको होटलबाट स्रोत नखुलेको साढे ५० लाख रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटेलमा लुकाए राखेको रकम बराद गरेको हो।

GBIME
Tata

५० लाख ५० हजार रुपैयाँ, ओमान रियल ४२१५ र अरब दिराम ५५ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले चितवन, बिसौनी घर भएकी २० वर्षीय स्नेहा रिमाल र माल्दिभ्सका नागरिकलाई नियन्त्रणमा लिएको छ। रकम कहाँबाट आयो? कहाँ जाने भन्ने खुलेको छैन।

प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।