काठमाडौं। स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार दिउँसो काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित स्नोलाइन होटेलमा लुकाए राखेको रकम बराद गरेको हो।
५० लाख ५० हजार रुपैयाँ, ओमान रियल ४२१५ र अरब दिराम ५५ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले चितवन, बिसौनी घर भएकी २० वर्षीय स्नेहा रिमाल र माल्दिभ्सका नागरिकलाई नियन्त्रणमा लिएको छ। रकम कहाँबाट आयो? कहाँ जाने भन्ने खुलेको छैन।
प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।