चिप निर्माता कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र अध्यक्ष पदमा जेन्सन हुआङ फर्किएसँगै कम्पनीको सेयर मूल्यमा वद्धि भएको छ। संचालक समितिको सो निर्णयसँगै विश्वका प्रविधि कम्पनीहरुको सेयर मूल्यमा पनि वृद्धि भएको छ।
एनभिडियाका लागि सेमीकन्डक्टर उत्पादन गर्ने दक्षिण कोरियाली कम्पनी सामसुङ र एसके हाइनिक्सको सेयर मूल्य बढेको हो। मंगलबारको सुरुवाती कारोबारमा सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले उकालो लागेको हो।
यस्तै, जापानी प्रविधि कम्पनीहरु टोकियो इलेक्ट्रोनको सेयर ८.७ प्रतिशत र एड्भान्टेस्टको सेयर ११ प्रतिशतले बढेको छ।
यसअघि सोमबार अमेरिकी सेयर बजारमा पनि प्रविधि क्षेत्रका सेयरमा ठूलो वृद्धि भएको थियो। हुआङको पुनरागमनको खबरसँगै एनभिडियाको सेयर मूल्य ३१.५ प्रतिशतले बढ्दा कम्पनीको बजार मूल्यमा करिब १० खर्ब अमेरिकी डलर (१ ट्रिलियन डलर) थपिएको छ।
सोही दिन माइक्रोनको सेयर १९ प्रतिशतभन्दा बढीले र इन्टेलको सेयर १६ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो।
हुआङको चिनियाँ जासुस भएको आरोप लागेकी एक महिला तथा एनभिडियाकै एक कार्यकारी अधिकृतसँग विवाहेत्तर सम्बन्ध रहेको समाचार न्यूयोर्क टाइम्सले प्रकाशित गरेको थियो। उनले केहीदिन अघि मात्रै पदबाट राजीनामा दिएका थिए।
तर, एनभिडियाको संचालक समितिले सर्वसम्मत रुपमा उनलाई नै फेरि कम्पनीको नेतृत्वमा फर्काउने निर्णय गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एनभिडियाको यो निर्णयको श्रेय आफूले लिएका छन्। उनले कम्पनीको संचालक समितिसँग कुराकानी गरेर हुआङलाई पुनः नियुक्त गर्न मनाएको दाबी गरेका छन्।
सीईओका रुपमा फर्किएका हुआङले आगामी साता अमेरिकी कंग्रेसको तीनवटा समितिमा उपस्थित भएर बयान दिनुपर्नेछ।
आगामी जनवरीदेखि कंग्रेसका दुवै सदनमा बहुमतमा प्राप्त गरेको डेमोक्र्याटले एनभिडिया र ट्रम्प प्रशासनबीचको सम्बन्धमाथि प्रश्न उठाइरहेको छ।










