मोतीहारी-अमलेखगञ्ज परियोजना हस्तान्तरण, बालेन र मोदीबाट सिलिगुडी-चारआली पाइपलाइन शिलान्यास

बिजमाण्डू
२०८३ मंसिर ७ गते १५:११ | Nov 23, 2026
मोतीहारी-अमलेखगञ्ज परियोजना हस्तान्तरण, बालेन र मोदीबाट सिलिगुडी-चारआली पाइपलाइन शिलान्यास

काठमाडौं। मोतीहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण उद्‍घाटन गरिएको छ।

GBIME
Tata

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार संयुक्तरुपमा परियोजना उद्‍घाटन हुन्। दोस्रो चरणको भौतिक निर्माण कार्य करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको थियो। २०८१ फागुनदेखि पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गरिंदै आएको छ।

यो परियोजनाको दोस्रो चरणको भौतिक निर्माण कार्य करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको थियो। २०८१ फागुनदेखि नै पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात सुरु भइसकेको छ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा ४,१०० किलोलिटर क्षमताका ४ वटा पेट्रोल भण्डारण ट्याङ्की, ट्रान्समिक्स ट्याङ्क, ३,००० किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क तथा पूर्ण स्वचालित (अटोमेटेड) लोडिङ प्रणाली निर्माण गरिएको छ।

यो परियोजनामा इन्डियन आयल कर्पोरेसन (आईओसी)को ६० करोड र नेपाल आयल निगम (एनओसी)को १ अर्ब ५५ करोड भारु खर्च भएको छ।

६९.७ किलोमिटर लामो यो क्रस-बोर्डर पाइपलाइनबाट देशको कुल इन्धन मागको करिब ७५ प्रतिशत हिस्सा आपूर्ति हुँदै आएको छ।

यसैगरी, दुवै देशका प्रधानमन्त्रीले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने नयाँ पेट्रोलियम पाइपलाइन परियोजनाको समेत संयुक्तरुपमा शिलान्यास गरेका छन्।

चारआलीमा १९ हजार ५०० किलोलिटर क्षमताको इन्धन भण्डारण ट्याङ्की र अत्याधुनिक ग्रीन टर्मिनल निर्माण गरिनेछ। यसअघि नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार आईओसीको प्राविधिक तथा वित्तीय सहयोगमा यो परियोजना निर्माण गरिनेछ।

परियोजनाअन्तर्गत कुल ४९.६ किलोमिटर लामो पाइपलाइन बिछ्याइनेछ। यसमध्ये १४.६ किलोमिटर भाग नेपालभित्र पर्नेछ।

परियोजनाको मुख्य संरचना झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा निर्माण हुनेछ। ग्रिन फिल्ड टर्मिनलमा १८ हजार ९०० किलोलिटर इन्धन भण्डारण क्षमता रहनेछ। त्यहाँ ट्याङ्क फार्म, ट्रक लोडिङ सुविधा, पम्पिङ प्रणाली, स्वचालित नियन्त्रण प्रणाली तथा अत्याधुनिक अग्नि सुरक्षा पूर्वाधार निर्माण गरिनेछ।

यसको लागत १७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

आईओसीको सहयोगमा निर्माण हुने यो परियोजना सम्पन्न गर्न करिब ३ वर्ष लाग्ने अनुमान छ।