नेपाल र भारतबीच ८ वटा सम्झदारीपत्रमा हस्ताक्षर, कुन कुन क्षेत्रमा भयो एमओयू ?

बिजमाण्डू
२०८३ मंसिर ७ गते १४:२६ | Nov 23, 2026
नेपाल र भारतबीच ८ वटा सम्झदारीपत्रमा हस्ताक्षर, कुन कुन क्षेत्रमा भयो एमओयू ?

काठमाडौं । नेपाल र भारत बीच ८ वटा सम्झदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ।

GBIME
Tata

आज नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा ती सम्झदारी पत्रमा हस्ताक्षर भएका हुन्।

नेपाल र भारतबीच गुजरातको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय नेपालको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

त्यस्तै, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठान बीच सहकार्यबारे पनि समझदारी भएको छ।

नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि भारतको राष्ट्रिय सुशासन केन्द्र, प्रशासनिक सुधार तथा जनगुनासो विभाग र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीको क्षेत्रमा सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यससँगै, दक्षिण एसियाली उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन नेटवर्क स्थापनासम्बन्धी भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच समझदारी भएको छ।

त्यस्तै, दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी भारत सरकार र नेपाल सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।

दुवै देशले स्वास्थ्य तथा औषधिको क्षेत्रमा सहकार्य गर्ने भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच यसबारेमा समझदारी भएको हो।

दुई देशबीच पशुपन्छी तथा मत्स्य विकासको क्षेत्रमा सहकार्य हुने भएको छ। यस सम्बन्धी समझदारीपत्रमा आज  हस्ताक्षर भएको हो।