काठमाडौं। स्वावलम्बन लघुवित्तले सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ।
लघुवित्तको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। लघुवित्तले सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
लघुवित्तको चुक्ता पुँजी हाल १ अर्ब ७५ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ करोड ३१ लाख रुपैयाँ थपिनेछ।










