काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सर्वोत्कृष्ट बलर बनेका चितवन राइनोजका रिजन ढकालले कार जितेका छन्।
ढकालले ओमोडाको जेको जे-फाइभ प्रो कार पाएका छन्। ढकालले ८ इनिङमा १७ विकेट लिएका थिए। चितवनलाई दोस्रो प्लेअफसम्म पुर्याउन ढकालले महत्वपूर्ण भूमिका खेलेका थिए। कार जितेसँगै उनी भावुक बनेका थिए।

ढकाल उत्कृष्ट बलर बन्दै बजाजको मोटरसाइकल पनि जिते। जनकपुरका राहुल यादवल प्रतियोगिताको इमर्जिङ प्लेयर बनेका छन्। इनर्जेटिक प्लेयर चितवनकै कमिल मिस्रा बने।
नेपाली उत्कृष्ट ब्याटरका रुपमा लोकेश बमले पनि मोटरसाइकल पाएका छन्।










