पहिलो पटक एनपीएल च्याम्पियन बन्न सुदूरपश्चिमले पायो १ सय ५६ रनको लक्ष्य

बिजमाण्डू
२०८३ मंसिर ५ गते १८:४६ | Nov 21, 2026
पहिलो पटक एनपीएल च्याम्पियन बन्न सुदूरपश्चिमले पायो १ सय ५६ रनको लक्ष्य

काठमाडौं। लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्ससामू १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनायो

GBIME
Tata

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा लुम्बिनीका लागि सबैभन्दा ठूलो योगदान दीलिप नाथले गरे। उनले ३१ बलमा अविजित ३९ रन बनाए।

त्यस्तै, कप्तान रोहितकुमार पौडेलले ३० रन बनाउँदा निरोशन डिक्वेलाले २८, अली शेखले २४ तथा डार्सी सर्टले २१ रन बनाए।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिँदा थारिन्दु रत्नायके हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए। २ ओभर बलिङ गरेर ३० रन दिएका इशान पाण्डे भने महँगो सावित भए।

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ। लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन हो भने सुदूरपश्चिम पहिलो उपाधिको खोजीमा छ। यद्यपि यो सुदूरपश्चिमको तेस्रो फाइनल हो।