मुख्य ब्याटर एनपीएलमै रहँदा भारतसामू निरीह ब्याटिङ, नेपाल २६ रनमा अलआउट

बिजमाण्डू
२०८३ मंसिर ४ गते २१:२७ | Nov 20, 2026
मुख्य ब्याटर एनपीएलमै रहँदा भारतसामू निरीह ब्याटिङ, नेपाल २६ रनमा अलआउट
photo: ACC

काठमाडौं। नेपाली क्रिकेट टोली भारत ‘ए’सँग पराजित भएको छ। एसीसी एसिया कप राइजिङ स्टार्स अन्तर्गत ३३३ रनको लक्ष्य पछ्याएको नेपालले निरीह ब्याटिङ गर्दै ३०६ रनको हार ब्यहोरेको हो।

GBIME
Tata

कतारको दोहास्थित वेस्ट एण्ड पार्क स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको भारतले ९ विकेट गुमाउँदै ३३२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपाल २६ रनमा अलआउट हुँदै दोहोरो अंकको रन कुनै ब्याटरले जोड्न सकेनन्। भारतका प्रिन्स यादवले ५, हर्षित रानाले ४ तथा शहबाज अहमदले १ विकेट लिँदै नेपाललाई धराशायी बनाए।

यो हारसँगै प्रश्न उब्जिएको छ, कसरी भयो यति ठूलो हार? यसको जवाफ एनपीएल र तयारीमा ठोकिन्छ। एनपीएलको प्लेअफको समीकरण तयार भएका दिन कतार जाने टोलीको घोषणा भएको थियो। यो टोलीमा अधिकांश प्लेअफबाट बाहिरिएका खेलाडी र केही प्लेअफको समीकरणमै रहेका खेलाडी थिए। लयमा रहेका नेपाली खेलाडी रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, करण केसीजस्ता खेलाडी एनपीएलमै व्यस्त रहँदा ‘राइजिङ स्टार’लाई नै अघि बढाउने क्यानले निर्णय लिएको थियो

प्लेअफको समीकरणमा रहेका अधिकांश खेलाडी ब्याटर थिए। इशान पाण्डे, सन्दीप जोरा, देव खनाल, राशिद खान र अभिषेश गौतम टोलीसँगै गएनन्। यी मध्ये काठमाडौ इलिमिनेटरमा पराजित भएपछि राशिद कतार गए। बाँकी देव खनालबाहेकका खेलाडीले फाइनल खेल्नै बाँकी छ।

टी-२० फर्म्याटको लिग खेल्दाखेल्दै बिना तयारी र योजना नेपाली टोली कतार उडेको थियो।

यस्तोमा अनुभवी सोमपाल कामी पनि इन्ज्युरी भएपछि क्यानले उनको स्थानमा प्रतिश जिसीलाई टोलीमा राखेको थियो।

नेपालमा लिग चहिरहेको स्थितिमा टिम म्यानेज भएको सन्दीप लामिछानेल पोस्ट म्याच प्रेजेन्टेसनमा बताए। ‘हामी अब अर्को खेलको बारेमा सोचिरहेका छौँ। हामी ‘आउट प्लेड भयौँ। भारतले राम्रो खेल्यो।’ लामिछानेले भने।

कतारमा नेपालको चुनौती कम थिएन। भारतले ‘ए’ टोली भए पनि राष्ट्रिय टोलीमा र आईपीएलमा सनसनी मच्चाइसकेका धुरन्धर खेलाडी थिए। बलिङमा नेपालको बलियो उपस्थिति भए पनि ब्याटिङका मुख्य खेलाडी एनपीएलमै रहँदा टिमले सन्तुलन बनाउनै सकेन। ओपनर अर्जुन कुमाल र कुशल भुर्तेल डकआउट तथा एनपीएलमा राम्रो ब्याटीङ गरेका लोकेश बम पनि डकआउट हुँदा अन्य ब्याटर टिक्नै सकेनन्।

नेपालले अर्को खेलमा यूएई र पाकिस्तान ‘ए’सँग खेल्नेछ।