प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत, एजेण्डाबारे सञ्चारमन्त्रीले के भने?

बिजमाण्डू
२०८३ मंसिर ४ गते १२:५७ | Nov 20, 2026
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‍बाट स्वीकृत, एजेण्डाबारे सञ्चारमन्त्रीले के भने?

काठमाडौं। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बालेनले यही मंसिर ६ र ७ गते गर्न लागेको भारतको राजकीय भ्रमण स्वीकृत गरेको हो।

GBIME
Tata

मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गर्नै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रधानमन्त्रीको भ्रमणका एजेण्डाबारे परराष्ट्र मन्त्रालयले सघनरुपमा छलफल गरिरहेको बताए। उनले प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय हित र द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण छलफल हुने बताए।

‘प्रधानमन्त्रीज्यूको भ्रमणको एजेण्डाबारे परराष्ट्र मन्त्रालयले सघनरुपमा छलफल गरिरहेको छ। भ्रमणमा राष्ट्र हित र द्विपक्षीय सम्बन्ध सुधारका लागि महत्त्वपूर्ण छलफल हुनेछ,’ उनले भने।

प्रधानमन्त्री बालेन ३४ सदस्यीय सरकारी टोली र ५२ जना उद्योगी व्यवसायीसहित आइतबार अपराह्न १: ४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत जाँदैछन्।