धादिङमा १० जना सवार बोलेरो गाडी दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

बिजमाण्डू
२०८३ मंसिर ४ गते ०८:३७ | Nov 20, 2026
धादिङमा १० जना सवार बोलेरो गाडी दुर्घटना : एक महिलाको मृत्यु, ९ जना घाइते

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना भएको छ।

GBIME
Tata

दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

गए राति १:५५ बजेको समयमा लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ९ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।