ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको भेट, द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल

बिजमाण्डू
२०८३ मंसिर १ गते १६:०९ | Nov 17, 2026
ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको भेट, द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

GBIME
Tata

दलेलाले मंगलबार सिंहदरबार पुगेर मन्त्री श्रेष्ठसँग भेट गरेका हुन्। उनले सोमबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका थिए।

मन्त्री र राजदूतबीचको भेटमा दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

दलेला राजदूतको रुपमा काम गर्न दुई साताअघि नेपाल आएका थिए।