कर फिर्ता ७ वर्षयताकै कम, ३४.८८ अर्बको दाबीमा विभागले दियो ८ प्रतिशत मात्रै

बिजमाण्डू
२०८३ मंसिर १ गते १५:२२ | Nov 17, 2026
कर फिर्ता ७ वर्षयताकै कम, ३४.८८ अर्बको दाबीमा विभागले दियो ८ प्रतिशत मात्रै

काठमाडौं। आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष ७ वर्षयताकै सबैभन्दा कम कर फिर्ता गरेको छ। विभागका अनुसारले गत आवमा दाबी रकमको ८ प्रतिशतमात्रै फिर्ता गरेको हो।

GBIME
Tata

गत आव २०८२/८३ मा ३४.८८ अर्ब कर फिर्ताको दाबी परेको थियो। त्यसमध्ये २.८ अर्ब फिर्ता गरिएको विभागले जनाएको छ।

विभागका अनुसार आव २०८१/८२ मा २३.०४ अर्ब दाबी हुँदा ४.८७ अर्ब, आव २०८०/८१ मा १८.५८ अर्ब दाबीमध्ये ४.७३ अर्ब, २०७९/८० मा १९.०१ अर्ब दाबीमध्ये ४.५८ अर्ब, २०७८/७९ मा २३.६३ अर्ब दाबीमध्ये ५.३७ अर्ब, २०७७/७८ मा १८.५८ अर्बमध्ये ३.४२ र २०७६/७७ मा ६.६८ अर्ब दाबीमध्ये ३.८ अर्ब फिर्ता गरिएको थियो।