सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल

बिजमाण्डू
२०८३ मंसिर १ गते १०:३० | Nov 17, 2026
सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, सेयरधनीलाई १५ प्रतिशत प्रतिफल

काठमाडौं। सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/०८३ सम्मको संचित मुनाफाबाट सेयरधनीलाई नगद र बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।

GBIME
Tata

कम्पनीका सेयरधनीले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत प्रतिफल पाउनेछन्।

हाइड्रोपावरको ३ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी छ। विद्युत नियमन आयोग र साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।