सरकारले सार्वजनिक बिदा दिए पनि सोमबार सबै आन्तरिक राजस्व कार्यालय खुला रहने

बिजमाण्डू
२०८३ कात्तिक २९ गते १५:५० | Nov 15, 2026
सरकारले सार्वजनिक बिदा दिए पनि सोमबार सबै आन्तरिक राजस्व कार्यालय खुला रहने

काठमाडौं। सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिए पनि सोमबार सबै कर कार्यालय खुला रहने भएका छन्।

GBIME
Tata

कात्तिक मसान्तको दिन कर संकलनका हिसाबले महत्त्वपूर्ण मानिने भएकाले सबै कर कार्यालय खुला राख्ने निर्णय भएको आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार ‍ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र देशभरका आन्तरिक राजस्व कार्यालय खुला रहनेछन्।

कर कार्यालयमा कर विवरण बुझाउने, गत आवको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट सुविधा उपयोग तथा बक्यौता फरफारक गर्ने र अन्त:शुल्कजन्य वस्तु निष्कासन गर्ने प्रयोजनका लागि करदातालाई सहजीकरणलगायत काम हुने विभागले जनाएको छ।