कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धा रोचक हुने, दोहोरिन चाहेका प्रदीप पौडेलसँग को-को उत्रिए मैदानमा?

बिजमाण्डू
२०८३ असोज २० गते १५:०६ | Oct 6, 2026
कांग्रेस महामन्त्रीमा प्रतिस्पर्धा रोचक हुने, दोहोरिन चाहेका प्रदीप पौडेलसँग को-को उत्रिए मैदानमा?
उम्मेदवारी दर्ता गराउँदै प्रदीप पौडेल। तस्वीर : सुशील श्रेष्ठ


काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ। महामन्त्रीमा प्रदीप पौडेलले दोहोरिन चाहेका छन्। उनलाई नैनसिंह महर, सुनिल शर्मा, शंकर तिवारी लगायतले चुनौती दिएका छन्।

GBIME
Tata

प्रदीप गत पुस मसान्तमा भएको विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए। उनले १५औं महाधिवेशनबाट महामन्त्रीमा दोहोरिन चाहेका हुन्।

उम्मेदवारी दर्ता गराउँदै प्रदीप पौडेल। तस्वीर : सुशील श्रेष्ठ

प्रदीपका साथै नैनसिंह, सुनिल र शंकरले महामन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेका छन्। महामन्त्रीमा उदयशमशेर राणा पनि आकांक्षी छन्।

उम्मेदवारी दर्ता गराउँदै नैनसिंह महर । तस्वीर : सुशील श्रेष्ठ

१५औं महाधिवेशनबाट तीन जना महामन्त्री निर्वाचित हुनेछन्। यसमध्ये एक जना महिलाका लागि आरक्षित गरिएको छ। महिला कोटामा डिला संग्रौला, महालक्ष्मी उपाध्याय, रीता खनाल लगायत आकांक्षी छन्।

उम्मेदवारी दर्ता गराउँदै सुनिल शर्मा। तस्वीर : सुशील श्रेष्ठ

कांग्रेसको काठमाडौंमा जारी १५औं महाधिवेशन अन्तर्गत उम्मेदवारी दर्ताका लागि समय बढाएर साँझ ६ बजेसम्म पुर्‍याइएको छ।

उम्मेदवारी दर्तास्थल। तस्वीर : सुशील श्रेष्ठ