काठमाडौं । सिटिजन बैंकको सेयर मूल्य समायोजन भएको छ। नेपाल स्टक एक्सचेन्जले शुक्रबार बैंकको सेयर मूल्य समायोजन गरेको हो।
शुक्रबार कारोबारपछि अन्तिम मूल्य प्रति कित्ता २११ रुपैयाँमा बन्द भएकामा समायोजनपछि २०३.२८ रुपैयाँ कायम भएको छ। समायोजनपछि कायम मूल्यमा बैंकको सोमबार सेयर कारोबार खुल्नेछ।
सिटिजन्सले सेयरधनीलाई पोहोरको मुनाफाबाट ३.८० प्रतिशत बोनस सेयर वितरण गरेको थियो।











