प्रधानन्यायाधीश शर्मा र आइजी कार्कीबिचको भेटमा के भयो कुराकानी?

बिजमाण्डू
२०८३ असोज १३ गते २१:१५ | Sep 29, 2026
प्रधानन्यायाधीश शर्मा र आइजी कार्कीबिचको भेटमा के भयो कुराकानी?


काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबिच भेटवार्ता भएको छ। प्रधानन्‍यायाधीश शर्मालाई भेट्न कार्की अपराह्न सर्वोच्च पुगेका थिए।

Vigo
GBIME
Tata

पूर्वप्रधानन्‍यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेको विरोधमा सर्वोच्चको पूर्ण बैठकले विरोध जनाएको भोलिपल्ट कार्की शर्मा भेट्न पुगेका हुन्। कार्कीसँगको भेटको केही समयमै प्रधानन्यायाधीश शर्मा समेत कार्यालयबाट बाहिरिएका थिए।

दुईबीच करिब एक घण्टा भेटवार्ता भए पनि आन्‍तरिक कुराकानीको विषय सार्वजनिक जानकारीमा आएको छैन।

सर्वोच्च अदालत स्रोतले भने दुईबिचको भेटमा जबरा पक्राउका विषयसँगै उक्त प्रकरणलाई लिएर सार्वजनिक सञ्चार माध्यममा आएका विषयमा कुराकानी भएको जानकारी दियो। शर्माले कार्कीलाई जबराले विचाराधीन मुद्दामा चासो राखेको ठोस प्रमाण भए उपलब्ध गराउन नै आग्रह गरेको स्रोतले बतायो।

प्रहरी स्रोतका अनुसार भेटमा जबरा पक्राउपछिको पछिल्लो घटनाक्रमबारे छलफल भएको थियो।

‘प्रहरीको न्यायलयप्रतिको हेराइ र आइतबार भएको घटनाका विषयमा नै छलफल भयो। आइजीले जबराको पक्राउको विषय र बाहिर भनिएको थ्रेटबारेमा जानकारी दिनुभएको हो’, प्रहरी स्रोतले भन्यो।

जबरा पक्राउ र रिहापछि सर्वोच्चले वक्तव्यमार्फत स्वेच्छाचारी कदम भनी टिप्पणी गरेको थियो।

पूर्ण बैठकअघि सर्वोच्चले मुख्य रजिस्टार विमल पौडेललाई जबरा निवास पठाएर घटनाबारे जानकारी दिएको थियो। पौडेलले गरेको विफ्रिङका आधारमा सर्वोच्चले पक्राउप्रति विरोध जनाएको थियो।