संघीय निजामती विधेयकलाई सरकारले दियो अन्तिम रुप, संसद्‍मा पेस गर्न मन्त्रिपरिषद्‍को स्वीकृति

बिजमाण्डू
२०८३ असोज १३ गते १६:५० | Sep 29, 2026
संघीय निजामती विधेयकलाई सरकारले दियो अन्तिम रुप, संसद्‍मा पेस गर्न मन्त्रिपरिषद्‍को स्वीकृति


काठमाडौं। संघीय निजामती विधेयकलाई सरकारले अन्तत: अन्तिम रुप दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती विधेयक संसद्‍मा पेस गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ।

Vigo
GBIME
Tata

मन्त्रालयले गत वैशाख ११ गते नै विधेयकको मस्यौदा तयार पारेको थियो। मन्त्रालयले कानुन मन्त्रालयमा पठाउँदा सुरुको मस्यौदामा व्यापक हेरफेर गरेको थियो। विधेयकको मस्यौदा कानुन मन्त्रालयमा करिब तीन महिना रोकिएको थियो।

कर्मचारीलाई एक पटकका लागि ३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर हदका कारण अवकाश दिने व्यवस्था गरिएको भनिएको छ। विधेयकको मस्यौदामा मन्त्रालयले लोक सेवा आयोगको पनि परामर्श मागेको थियो।