महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता, शिक्षामा सहकार्य गर्ने

बिजमाण्डू
२०८३ असोज १२ गते १७:५२ | Sep 28, 2026
महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच सम्झौता, शिक्षामा सहकार्य गर्ने


काठमाडौं। महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।

Vigo
GBIME
Tata

रोटरी क्लबमार्फत सञ्चालन गरिने शैक्षिक तथा पूर्वाधार विकास सम्बन्धी परियोजनाका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय सहयोग उपलब्ध गराउने सम्झौता भएको हो।

सामुदायिक विद्यालयमा शौचालय निर्माण तथा सुधार, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी परियोजना सञ्चालन तथा कम्प्युटर ल्याब स्थापना लगायत शैक्षिक वातावरण सुधारमा केन्द्रित परियोजनाका लागि सहकार्य गर्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।