मौसमको अनुकूलता हेरेर वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई कांग्रेसको निर्देशन

बिजमाण्डू
२०८३ असोज ७ गते २२:१७ | Sep 23, 2026
मौसमको अनुकूलता हेरेर वडा अधिवेशन सम्पन्न गर्न मातहतका कमिटीलाई कांग्रेसको निर्देशन
फाइल फोटो


काठमाडौं। नेपाली कांग्रेसले जारी वडा अधिवेशन मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाइ गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ।

Vigo
GBIME
Tata

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै अधिवेशन चलिरहेको अवस्थामा असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान भएकाले सतर्कता अपनाउन निर्देशन गरेको हो।

कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अधिवेशन चलिरहेको यस समयावधिमा जल तथा मौसम विभागबाट प्राप्त जानकारी अनुसार असोज ८ देखि १२ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान रहेकोले सम्बन्धित निर्वाचन अधिकृतहरुले आफू मातहतका पालिका, प्रदेश सभा र प्रतिनिधि सभाहरुको अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी सचेत भई अनुकूल समय मिलाइ गर्न/गराउनका लागि निर्देशन गरिएको छ।’

विज्ञप्ति अनुसार तोकिए बमोजिम देशभरका पालिकाहरुमा अधिवेशन प्रक्रिया उत्साहप्रद सुरु भएको छ। ५८ जिल्लाका ५१२ पालिकामा उद्घाटन सत्रसहित बन्दसत्र सुरु भई निर्वाचन भएको विज्ञप्तिमा जनाइएको छ। वाँकी २४१ पालिकामा असोज ८ र ९ गते अधिवेशन जारी रहने विज्ञप्तिमा उल्लेख छ।