काठमाडौं। एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्सले ग्राहकका लागि चाडपर्व लक्षित ड्राइभ मोर सेलिब्रेट मोर अफर ल्याएको छ।
कम्पनीले छठ पर्वसम्म लागू हुने गरी ल्याएको अफर अन्तर्गत ग्राहकले एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्दा ३ लाख रुपैयाँसम्म फाइदा लिन सक्नेछन्।
ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क सडक कर, सहजै एक्सचेन्ज र फाइनान्स सुविधा पाउने कम्पनीले जनाएको छ।










