काठमाडौं। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले रसुवा बाढीबाट प्रभावित समुदायका लागि १ हजार थान सौर्य लालटिन नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। स्नाइडर इलेक्ट्रिकको सहयोगमा एनबीआईले उक्त राहत सामग्री सामाखुशीस्थित राहत संकलन केन्द्रमा हस्तान्तरण गरेको हो।
एनबीआईका अनुसार करिब ४३ लाख रूपैयाँ बराबरको मोबिया ओरिजिनल सौर्य लालटिन अझै पनि विद्युतीय पहुँचबाट टाढा रहेका बाढी प्रभावित परिवारको आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सहयोग गरिएको हो।
एनबीआईले विपद् प्रभावित समुदायलाई समयमै सहयोग पुऱ्याउन निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
राहत सामग्रीलाई एनबीआई तथा स्नाइडर इलेक्ट्रिकका प्रतिनिधिको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।










