सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा असोज २८ गते, बुक क्लोज कहिले?

बिजमाण्डू
२०८३ असोज ७ गते १०:५० | Sep 23, 2026
सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा असोज २८ गते, बुक क्लोज कहिले?


काठमाडौं। सिटिजन्स बैंकले २०औं वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले असोज २८ गते साधारण सभा बोलाउने निर्णय गरेको हो।

Vigo
GBIME
Tata

साधारण सभा प्रयोजनका लागि १९ गते बुक क्लोज मिति तोकिएको छ। साधारण सभाले ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

बैंकले ३.८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.२‍ प्रतिशत नगद लाभांश दिने प्रस्ताव यसअघि नै गरिसकेको छ।