एनआइसी एसिया बैंकले कैलालीका तीन विद्यालयलाई दियो ल्यापटप, कम्प्युटर र प्रिन्टर

बिजमाण्डू
२०८३ असोज ६ गते १५:५२ | Sep 22, 2026
एनआइसी एसिया बैंकले कैलालीका तीन विद्यालयलाई दियो ल्यापटप, कम्प्युटर र प्रिन्टर


काठमाडौं। एनआइसी एसिया बैंकले कैलालीका तीन विद्यालय र मकवानपुरको मामाघर नेपाल नामक संस्थालाई सहयोग गरेको छ।

Vigo
GBIME
Tata

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको टीकापुर नगरपालिका-९, झुङ्गास्थित सेती मैयाँ चौधरी माध्यमिक विद्यालय र खक्रौलास्थित भानुभक्त राष्ट्रिय आधारभूत विद्यालय तथा टीकापुर नगरपालिका-१ स्थित वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई ल्यापटप कम्प्युटर र प्रिन्टर सहयोग गरकेो हो।

करिब २०० विद्यार्थी अध्ययनरत सेती मैयाँ चौधरी माध्यमिक विद्यालयलाई एक थान ल्यापटप, चार थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर, करिब १२०० विद्यार्थी अध्ययनरत वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयलाई दुई थान ल्यापटप, पाँच थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर तथा १०० विद्यार्थी अध्ययनरत भानुभक्त राष्ट्रिय आधारभूत विद्यालयलाई एक थान ल्यापटप र एक थान प्रिन्टर सोमबार हस्तान्तरण गरेको बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

बैंकका धनगढी सर्कल हेड दीपक विष्ट र टीकापुर शाखा प्रमुख लोकबहादुर विष्टले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन्।

बैंकले हेटौंडा-४, कान्तिराजपथस्थित मामाघर नेपालमा आश्रित सहारा आवश्यकता भएका बालबालिकाका लागि खाद्यान्न तथा सरसफाइ सामग्री दिएको छ।

बैंकका चिफ बिजनेस अफिसर, रिटेल बिजनेस अमित केसी र वीरगंज सर्कल हेड गोपाल प्रसाद सुवेदीले मामाघर नेपालका कोषाध्यक्ष ईश्वर सिलवाललाई सामग्री हस्तान्तरण गरेका छन्। विज्ञप्ति अनुसार संस्थामा २४ जना बालबालिका छन्।