मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौं र पोखराका तीन होटलमा ३० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०८३ असोज ६ गते १३:१० | Sep 22, 2026
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौं र पोखराका तीन होटलमा ३० प्रतिशतसम्म छुट


काठमाडौं। मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौं र पोखराका विभिन्न तीन वटा होटलमा छुट पाउने भएका छन्।

Vigo
GBIME
Tata

बैंकका ग्राहकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्ट अन्तर्गत काठमाडौंको मायामनोर बुटिक होटल तथा पोखराका वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्टका सेवामा १० देखि ३० प्रतिशतसम्म छुट पाउने भएका हुन्। यस सम्बन्धमा बैंकले केजीएच ग्रुप अफ होटल एण्ड रिसोर्टसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार १० जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध हुने बैंकले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। छुट सुविधाका लागि बैंकका ग्राहकले डेबिट कार्ड/प्रिभिलेज कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।