अर्थ मन्त्रालयका उपसचिव भण्डारीलाई राष्ट्रिय बीमा कम्पनीको सीइओको जिम्मेवारी

बिजमाण्डू
२०८३ असोज ६ गते ११:२९ | Sep 22, 2026
अर्थ मन्त्रालयका उपसचिव भण्डारीलाई राष्ट्रिय बीमा कम्पनीको सीइओको जिम्मेवारी


काठमाडौं। अर्थ मन्त्रालयका उपसचिव हिक्मतबहादुर भण्डारी राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्।

Vigo
GBIME
Tata

मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा कार्यरत उनलाई अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सीइओको जिम्मेवारी दिएका हुन्। मन्त्रालयको पत्रपछि भण्डारीले सीइओको जिम्मेवारी सम्हालेका छन्।

राष्ट्रिय बीमा कम्पनी सरकारको स्वामित्वको निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो।