काठमाडौं । सिद्धार्थ बैंकले लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले असोज २८ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा गर्न लागेको हो।
साधारण सभाबाट ६ सामान्य र ५ वटा विशेष प्रस्ताव पारित गर्दैछ। बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट चुक्ता पुँजीको सेयरधनीलाई नगद र बोनस सेयर गरेर २० प्रतिशत प्रतिफल घोषणा गरेको छ।
बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ छ। बैंकले सेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनसहित १ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेको थियो।
साधारण सभाबाट सो प्रस्ताव पारित गर्न लागिएको हो। बैंकले साधारण सभाबाट अग्राधिकार सेयरधनीलाई छुट्याएको कर प्रयोजनसहित ८.२५ प्रतिशत लाभांश प्रस्ताव पनि पारित गर्दैछ।
बैंकले साधारण सभा प्रयोजनका लागि असोज १६ गते लाभांश बुक क्लोज तोकेको छ। बुक क्लोजअघि कायम सेयरधनीले प्रतिफल पाउनेछन्।











