सरकारले अर्थ मन्त्रालयमा ३ जना सहसचिवको सरुवा गर्‍यो, को को आए सिंहदरबारमा ?

बिजमाण्डू
२०८३ असोज ४ गते १३:०६ | Sep 20, 2026
सरकारले अर्थ मन्त्रालयमा ३ जना सहसचिवको सरुवा गर्‍यो, को को आए सिंहदरबारमा ?


काठमाडौं। सरकारले अर्थ मन्त्रालयमा तीन सहसचिव ल्याएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव नारायणप्रसाद रिसाल, गोकुल बास्तोला र बन्धुप्रसाद बास्तोलालाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो।

Vigo
GBIME
Tata

रिसाल यसअघि कोशी प्रदेशमा प्रदेश सचिवको रुपमा कार्यरत थिए। उनी अर्थमा काम गरिसकेका सहसचिव हुन्।

गोकुल बास्तोलाले पनि अर्थ अन्तर्गतकै कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका छन्। अर्थमा सरुवा हुनु अघि उनी लोक सेवा आयोगको धनकुटा कार्यालय प्रमुखका रुपमा कार्यरत थिए।

बन्धुप्रसाद बास्तोला भने लुम्बिनी प्रदेशको अर्थ सचिव थिए। उनी विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी पनि भइसकेका छन्।