मोरङबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, काठमाडौंको साइबर ब्युरोलाई जिम्मा लगाइँदै

बिजमाण्डू
२०८३ असोज ४ गते १२:०३ | Sep 20, 2026
मोरङबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ, काठमाडौंको साइबर ब्युरोलाई जिम्मा लगाइँदै


काठमाडौं। आइतबार बिहान राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई पक्राउ गरेको हो।

Vigo
GBIME
Tata

एक कार्यक्रममा सहभागी हुन उनी मोरङ पुगेका थिए। नेपाल प्रहरीको साइबर ब्युरोको पत्रका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनीविरुद्ध साइबर अपराध उजुरी दर्ता भएको थियो। पक्राउपछि उनलाई काठमाडौं पठाउने तयारी गरिएको छ।