काठमाडौं । फिसटेल डेरी प्रा.लि. अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
नोभा क्राउनले यो साझेदारीसँगै आफ्नो प्रिमियम स्वाद, आधुनिक जीवनशैली र उपभोक्तासँगको बलियो सम्बन्धलाई थप प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।
अभिनेत्री शिल्पा मास्के र नोभा क्राउन प्रिमियम आइसक्रिमका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाबीच ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतामा हस्ताक्षर गर्दै नोभा क्राउनका ब्रान्ड सुपरभाइजर प्रायुष निरौलाले शिल्पा मास्केसँगको सहकार्यप्रति उत्साह व्यक्त गरेका थिए।
उनले भने, ‘शिल्पा मास्केलाई नोभा क्राउन परिवारमा स्वागत गर्न पाउँदा हामी निकै उत्साहित छौं। उहाँको सिर्जनशीलता, आत्मविश्वास र विशिष्ट व्यक्तित्वले नोभा क्राउनले प्रतिनिधित्व गर्न चाहेको आधुनिक र प्रिमियम छविसँग राम्रो मेल खान्छ। यो सहकार्यले उपभोक्तासँग अझ नयाँ र प्रभावकारी ढंगले जोडिन मद्दत गर्ने हाम्रो विश्वास छ।’
ब्रान्ड एम्बेसडरका रूपमा अभिनेत्री शिल्पा मास्केले पनि नोभा क्राउनसँग जोडिन पाउँदा खुसी व्यक्त गरेकी थिइन्। उनले गुणस्तरीय तथा प्रिमियम आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्य बोकेको ब्रान्डसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताएकी थिइन्।
यस सहकार्यअन्तर्गत शिल्पा मास्के नोभा क्राउनका आगामी विज्ञापन तथा ब्रान्ड कम्युनिकेसन, डिजिटल सामग्री, सामाजिक संजाल अभियान, प्रवर्द्धनात्मक गतिविधि, उपभोक्ता कार्यक्रम तथा विभिन्न मार्केटिङ अभियानहरूमा सहभागी हुने जनाइएको छ।
शिल्पा मास्केसँगको सहकार्यले नोभा क्राउनलाई विशेषगरी युवा तथा आधुनिक जीवनशैली अपनाउने उपभोक्तामाझ आफ्नो पहुँच थप विस्तार गर्न तथा प्रिमियम आइसक्रिम ब्रान्डका रूपमा आफ्नो पहिचान अझ बलियो बनाउन सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।
फिसटेल डेरी प्रा.लि. अन्तर्गतको प्रिमियम ब्रान्डका रूपमा नोभा क्राउन प्रिमियम आइसक्रिमले नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन तथा उत्कृष्ट आइसक्रिम अनुभव प्रदान गर्ने उद्देश्यका साथ आफ्ना उत्पादन तथा ब्रान्ड गतिविधिहरू विस्तार गर्दै आएको पनि जनाएको छ।











