एमजीको विद्युतीय नयाँ एसयूभी हेक्टर टमाहक गाडी नेपालमा छिट्टै सार्वजनिक गरिने

बिजमाण्डू
२०८३ असोज २ गते १७:५८ | Sep 18, 2026
एमजीको विद्युतीय नयाँ एसयूभी हेक्टर टमाहक गाडी  नेपालमा छिट्टै सार्वजनिक गरिने


काठमाडौं। एमजीको विद्युतीय नयाँ एसयूभी हेक्टर टमाहक गाडी नेपाली बजारमा ल्याउने तयारी गरिएको छ।

Vigo
GBIME
Tata

एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले नेपालमा सार्वजनिक गर्नुअघि एमजी इन्डियाले कोच्चीमा मिडिया टेस्ट ड्राइभ गरेको छ।

नेपाली टोलीले विद्युतीय एसयूभी चलाएर यसको ड्राइभिङ अनुभव, डिजाइन, प्रविधि र सुविधाबारे प्रत्यक्ष अनुभव लिएको छ। हेक्टर टमाहक इभी एमजीको लोकप्रिय हेक्टर एसयूभीमा आधारित नयाँ विद्युतीय संस्करण हो।

ठूलो आकारको एसयूभी, आधुनिक डिजाइन तथा विद्युतीय प्रविधिका कारण यो मोडलले नेपाली बजारमा एमजीको इभी पोर्टफोलियोलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। हेक्टर टमाहक इभीमा ६९.२ किलोवाटको एलएफपी म्याजिक ब्याट्री छ।

यसले एक पटकको चार्जमा ५१७ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ। यसमा १५० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर जडान गरिएको छ, जसले ३१० एनएम टर्क उत्पादन गर्छ।

विभिन्न स्रोतमा मोटरको आउटपुटलाई २०४ एचपीको रूपमा पनि उल्लेख गरिएको छ।

ब्याट्रीलाई ९० किलोवाटसम्मको डीसी फास्ट चार्जिङबाट चार्ज गर्न सकिन्छ। कम्पनीका अनुसार ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्छ।

यसको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ। विशेषगरी खराब सडक र उबडखाबड बाटोमा ब्याट्रीलाई थप सुरक्षा दिने गरी यसको डिजाइन गरिएको कम्पनीको भनाइ छ।

जीओ अटोमोबाइल्सले नेपाली बजारमा सार्वजनिक गर्ने समय, मूल्य, ब्याट्री क्षमता, रेन्ज तथा अन्य प्राविधिक विवरण औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी छ।